आइपिएलमा कोलकाताको विजयी सुरुवात : हैदवादमाथि रोमाञ्चक जित « Khabarhub

आइपिएलमा कोलकाताको विजयी सुरुवात : हैदवादमाथि रोमाञ्चक जित


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि रोमाञ्चक जित निकालेको छ।

टस जितेर कोलकातालाई ब्याटिङको निम्तो दिएको हैदरावाद चार रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको कोलकाताले सात विकेटको क्षतिमा २०८ रन बनाएको थियो। २०८ रनको चुनौतीका लागि कोलकाताका दुई ब्याट्सम्यानले अर्धशतक बनाए।

फिल साल्टले ४० बलमा ५४ रन बनाए भने आन्द्रे रसेल २५ बलमा ६४ रन बनाउँदै नटआउट रहे। उनले चाँडै अर्धशतक पूरा गर्न सात वटा छक्का प्रहार गरेका थिए।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको हैदरावाद पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २०४ रनमा समेटिएको हो। हैदरावादका लागि हेनरिक क्लासेनले ६३ रनको अर्धशतकीय इंनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन।

आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो। शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो।

आइपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो ४ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच हुनेछ । दोस्रो खेलमा राति ८ बजे गुजरात टाइनेन्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : २२ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ