छालालाई जोगाएर होलीमा रङ कसरी खेल्ने ? यस्तो छ डाक्टरको सुझाव | Khabarhub Khabarhub

छालालाई जोगाएर होलीमा रङ कसरी खेल्ने ? यस्तो छ डाक्टरको सुझाव


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रङसँग रमाउने पर्व होली आज र भोलि मनाइँदै छ। होली खेल्ने सोच बनाइरहँदा होलीको रङले छालाको स्वास्थ्यमा हुने असरबारे ख्याल गर्नु आवश्यक छ। होलीमा रङ दल्नुअघि छालाको सुरक्षामा ध्यान नदिँदा छालामा समस्या भएर चिकित्सकसँग पुग्नुपर्ने अवस्थासमेत आउनसक्छ।

विगतका वर्षमा होली खेल्दा अनुहारको छाला, आँखा, नाक, कानमा रङको असर तथा शरीरका विभिन्न अंगसम्म असर पुगेर मानिस अस्पतालसम्मै पुग्ने गरेको छाला रोग विशेषज्ञ डा.प्रार्थना अधिकारीको भनाइ छ।

‘अघिल्ला वर्षमा धेरैजस्तो आँखाको वरिपरि अनुहारमा एलर्जीको समस्या भएर उपचारका लागि आएका थिए,’ डा अधिकारीले भनिन्, ‘अनुहारमै रङको प्रयोग धेरै हुने भएकाले अनुहारमै बढी समस्या भएको पाइन्छ।’ होलीमा रङ लगाउँदा छाला र आँखाको स्वास्थ्यमा विशेष सावधानी अपनाउनु पर्ने उनको सुझाव छ।

कृत्रिम रुपमा तयार पारिएका रसायन मिसिएका पाउडर तथा झोल रङको प्रयोगले छालामा जलन हुन्छ। यसले छाला दुख्ने, चिलाउने जस्ता समस्या हुन्छ ।

रङले छालामा पार्ने असर
कृत्रिम रुपमा तयार पारिएका रसायन मिसिएका पाउडर तथा झोल (लिक्विड) रङको प्रयोगले छालामा जलन हुन्छ। यसले छाला दुख्ने, चिलाउने जस्ता समस्या निम्तिनेतर्फ सचेत हुन चिकित्सकले सुझाव दिने गरेका छन्।

कृत्रिम किसिमले तयार पारिएका रङको प्रयोगले कपाल, नाक, मुखमा समेत नकारात्मक असर गर्ने जोखिम हुन्छ। चिकित्सकका अनुसार कृत्रिम किसिमका रङको प्रयोगले आँखा तथा फोक्सोमा नकारात्मक असर पुर्याउन सक्छ। चिकित्सकका अनुसार यस्ता रङले छाला, आँखा तथा फोक्सोको एलर्जीको जोखिम हुन्छ। जसले गर्दा दमको समस्या निम्तन सक्छ। रङमा प्रयोग हुने ‘मालासाइट ग्रिन’, ‘लिड’, ‘मर्करी’ जस्ता पदार्थले क्यान्सर गराउने जोखिमतर्फ सचेत हुन डा. अधिकारीको सुझाव छ।

होली प्रायः बाहिर खुला ठाउँमा खेलिने भएकाले रङ र घामको प्रभावका कारण छाला सुख्खा हुने, खस्रो हुने, रुखो हुने, घामले डढेर कालो हुने जस्ता समस्या निम्तने जोखिम हुन्छ। त्यसैगरी रङले चमकता ल्याउनका लागि रसायनको मिसावट हुँदा सिसा समेत मिसाइएको हुनसक्छ। यस्ता रासायनिक रङका कारण ‘क्यान्सर’, ‘अन्धोपन’जस्ता जोखिम हुनेतर्फ चिकित्सक सजग गराउँछन्।

रङको नकारात्मक असरबाट छाला जोगाउनका लागि लामो बाउला भएको तथा शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्ने चिकित्सकको सुझाव छ। गुणस्तरीय सनक्रिम प्रयोग गनुपर्छ। संवेदनशील छाला हुने व्यक्तिले मोस्चराइजरको प्रयोग गर्नुपर्ने हुन्छ।

रङ खेल्नु अघि र पछि के गर्ने ?
कपाल जोगाउनका लागि होलीमा रङ खेल्नु आधा घण्टाअघि नरिवल, जैतुन, आल्मोण्ड तथा अन्य सुरक्षित किसिमका तेल लगाउनुपर्छ। जति धेरै समय कपाल तथा छालामा रङ रहन्छ त्यत्ति नै खराब असर गर्नसक्छ। रङ खेलेपछि भने तुरुन्तै कपाल नुहाउनुपर्छ। रङ ननिख्रिए केही दिन नियमति नुहाउन डा. अधिकारीको सुझाव छ।

त्यसैगरी रङको नकारात्मक असरबाट छाला जोगाउनका लागि लामो बाउला भएको तथा शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्ने चिकित्सकको सुझाव छ। गुणस्तरीय सनक्रिम प्रयोग गनुपर्छ। संवेदनशील छाला हुने व्यक्तिले मोस्चराइजरको प्रयोग गर्नुपर्ने हुन्छ।

रङ खेल्नु दुई तीन दिन अघिदेखि फेसियल गर्नु उचित नहुने र रङ खेलिसकेको एक हप्तापछि मात्रै फेसियल गर्नु उचित हुने चिकित्सकको सुझाव छ। रङ खेलिसकेपछि अत्तररहित नरम किसिमका साबुन वा स्याम्पु प्रयोग गर्नु उचित हुन्छ। नुहाइसकेपछि तेल वा मोस्चराइजर प्रयोग गर्नुपर्ने हुन्छ। नङमा पनि रङको असर हुनसक्ने भएकाले नङमा पेन्टिङ गरेर तथा भार्निस प्रयोग गर्न उनको सुझाव छ।

आँखाको सुरक्षाका लागि भने सम्भव भएसम्म कन्ट्याक्ट लेन्स र चस्मा प्रयोग नगर्न उनको सुझाव छ। चस्मा फुट्ने तथा कन्ट्याक्ट लेन्समा रसायन घुलिने सम्भावना हुने भएकाले यस्ता चस्मा तथा लेन्स लगाएर होली खेल्नु जोखिम हुन्छ। त्यसैगरी ओठको सुरक्षाका लागि लिपिस्टक वा लिपगार्ड प्रयोग गर्न उनको सुझाव छ।

रङको एलर्जी भएको खण्डमा समान्यतया तेल तथा मोस्चराइजरको प्रयोग गर्न सकिन्छ। डा. अधिकारी भन्छिन्, ‘छाला रातो र रुखो भयो भने क्यालामाइन लोसन प्रयोग गर्न सकिन्छ।’

उपचार तथा बच्ने उपाय
रङका कारण छाला चिलाउने, पोल्नेजस्ता समस्या निम्तिए सबैभन्दा पहिला पानीले पखाल्न डा. अधिकारीको सुझाव छ। उनले भनिन् ‘रङले छालामा समस्या आयो भने सबैभन्दा पहिला सफा पानीले पखाल्नुपर्छ।’ यसले थप समस्या निम्तनबाट केही हदसम्म जोगिने डा. अधिकारीको भनाइ छ।

इनामेल रङको प्रयोगले छालामा समस्या निम्तिए पानीले नजाने भएकाले यस्तो रङ सकेसम्म प्रयोग नै नगर्न उनको सुझाव छ। तर केहीगरी प्रयोग भएर छालामा असर देखिए पानीले पखाल्न प्रयास गर्ने र पानीले नगए नङ पालिस मेट्ने रिमुभरको प्रयोग गरी विस्तारै पुछ्नुपर्छ। त्यसले पनि रङ नजाने तथा छालामा असर देखिए उपचारका लागि अस्पताल जानुपर्ने हुन्छ।

रङको एलर्जी भएको खण्डमा समान्यतया तेल तथा मोस्चराइजरको प्रयोग गर्न सकिन्छ। डा. अधिकारी भन्छिन्, ‘छाला रातो र रुखो भयो भने क्यालामाइन लोसन प्रयोग गर्न सकिन्छ।’

समस्या जटिल हुँदै गएको अवस्थामा छालारोग विशेषसँग परामर्श लिनुपर्ने हुन्छ। समस्या जटिल हुँदै गए ढिला नगरी अस्पताल पुग्न चिकित्सकको सुझाव छ। त्यस्तै लामो समयदेखि छालामा समस्या जस्तै एक्जिमा लगायतका समस्या भएकाहरुले सकेसम्म रङ नखेल्ने यदि खेलिहाले पनि छालालाई जोगाएर रङ खेल्नु अघि र पछि विशेष ध्यान दिनु आवश्यक छ।

छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने जस्ता समस्या  देखिने बित्तिकै चिकित्सकसँग सुझाव लिनुपर्छ।

कस्ता समस्या आएमा चिकित्सको सल्लाह लिनुपर्छ ?
रङ खेलिसकेपछि छालामा विभिन्न समस्या देखिन सक्छन्। छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने जस्ता समस्या देखिए भने घरमै बस्नु हुँदैन। यो समस्या देखिने बित्तिकै चिकित्सकसँग सुझाव लिनुपर्छ।

यसबाटेक छालामा घाउ हुने समस्या पनि हुन्छ। छालामा किटाणुको संक्रमण भएमा, ज्वरो आएमा, अचेत भएमा तत्काल उपचार गर्नुपर्छ। धेरै रङ खेलेपछि ओठ, आँखा, अनुहार सुन्निए र सास फेर्न गाह्रो भएमा अस्पताल जानु राम्रो हुन्छ। रङ खेलिसकेपछि एक्कासी धेरै कपाल झरेमा चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ।

(छालारोग विशेषज्ञ डा. प्रार्थना अधिकारीसँगको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : १६ बजे

ब्राण्डिङ भयो मुढा, फस्टायो व्यापार !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका