एमाले सचिवालय बैठक बस्दै, उपनिर्वाचनका लागि उम्मेदवारबारे छलफल हुने « Khabarhub

एमाले सचिवालय बैठक बस्दै, उपनिर्वाचनका लागि उम्मेदवारबारे छलफल हुने


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।

बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद बैठकको तयारी तथा वैशाख १५ गते हुने उपनिर्वाचनलगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।

इलाम-२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएर आएको छ भने बझाङ-१ मा तीन जनाको नाम सिफारिस छ। यी नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ ।

यस्तै, नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थितिका बारेमा बैठकमा छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ५६ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत