खोटाङमा पचास शय्याको अस्पताल भवन निर्माण हुँदै « Khabarhub

खोटाङमा पचास शय्याको अस्पताल भवन निर्माण हुँदै


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ । गत पुसदेखि भवन निर्माणको काम रोकेर सम्पर्कविहीन भएको निर्माण कम्पनी श्यामसुन्दर रामसागर नेपाल फूलबारी जेभीले तीन महिनापछि पुनः काम शुरु गरेको हो ।

बिना जानकारी सम्पर्कविहीन भएको ठेकेदार तीन महिनापछि निर्माणस्थल फर्किएसँगै निर्माणाधीन अस्पताल भवनको प्लाष्टर लगायतका भित्री काम शुरु भएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

‘ठेकेदारले पर्खाल, गेटसम्मको सडकलगायतका काम केही दिनभित्र थाल्ने बताएका छन् । रोकिएको काम पुनः शुरु गरेकाले केही आशा पलाएको छ’, उनले भने, ‘सम्झौताअनुसार गत पुस २४ गते नै भवन निर्माण सम्पन्न हुनुपर्थ्यो । तोकिएको समयमा सम्पन्न नभएपछि थप १५ महिना म्याद थप भएको छ । सम्भवतः बाँकी समयमा सम्पन्न हुनेछ ।’

लामो समयसम्म १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार भवन निर्माण शुरु गरिएको हो ।

निर्माणको काममा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रवाह प्रभावित भइरहेको छ । ठेकेदार कम्पनीले ३० महिनामा सक्नेगरी वि.सं २०७८ असार २४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : ४६ बजे

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यक : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय