बझाङ-१ को प्रदेशसभामा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्ने « Khabarhub

बझाङ-१ को प्रदेशसभामा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्ने


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एमालेबाट बझाङ क्षेत्र नम्बर–१ ‘क’मा हुने प्रदेशसभा उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिएका छन् ।

एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपङ्ती लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले गरेको छ । रास्वपासंग पनि उपनिर्वाचनका विषयमा छलफल गरिने र फरक फरक उम्मेदवार भए स्वस्थ प्रतिस्पर्धा गर्ने ज्ञवालीले बताए ।

त्यस्तै ज्ञवालीले तत्कालीन कांग्रेस मन्त्रीहरूको राजीनामाको माग र अहिले कांग्रेसले गरिरहेको गृहमन्त्रीको राजीनामाको मागको प्रसङ्ग फरक फरक भएको भन्दै अहिले गृहमन्त्रीको राजीनामाको माग राजनीतिक प्रतिशोध मात्रै भएको धारणा राखे । त्यस्तै उनले एमालेको अहिलेको एक मात्र ध्यान सुशासन, विकास समृद्धि र जनतामा भरोसा जगाउने विषयमा मात्रै रहेको भन्दै कुनै पदका लागी एमालेले ध्यान नदिने जिकिर गरे ।

त्यस्तै बैठकले रुसको मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भर्त्सना गर्दै जस्तो सुकै आवरणमा हुने आतङ्कवादी हमलाको विरोधमा एमाले उत्रने ज्ञवालीले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ३ : ३९ बजे

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा