घुससहित भन्सार अधिकृत पक्राउ « Khabarhub

घुससहित भन्सार अधिकृत पक्राउ


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । आइतबार घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनीहरूका साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजालसहितका कर्मचारीले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो ।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस लिएको दसी प्रमाणसहित गोश्वारा हुलाक डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार, सोही घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० र उनको साथबाट स्रोत नखुलेको ९६ हजार ७० गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरेको छ ।

रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ र अन्य स्रोत नखुलेको रकम समेत गरी दुई लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ९ : २४ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका