ताप्लेजुङमा फागुनयता १६ घर जलेर नष्ट | Khabarhub Khabarhub

ताप्लेजुङमा फागुनयता १६ घर जलेर नष्ट


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन् । सुख्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार फागुनदेखि चैत १० गतेसम्ममा वनमा लागेको डढेलोबाट १२ र अन्य कारणबाट चार घर जलेर नष्ट भएका छन् ।

वनमा लागेको डढेलोका कारण चैतको पहिलो साता मात्रै ११ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अन्य कारणबाट चैतमा एउटा घर जलेको छ ।

फागुनमा डढेलोले एक र विद्युत् सर्ट भएर सल्केको आगोले तीन घर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए । उनका अनुसार डढेलो र अन्य कारणले सुरु भएको आगोले झण्डै डेढ दर्जन घर जलेका छन् ।

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार घरसँगै नजिक रहेका पशुचौपायाका गोठ तथा ग्वालीसमेत जलेका छन् भने केही पशुचौपाया पनि जलेका छन् ।

यसैगरी फागुनयता विभिन्न क्षेत्रमा गरी करिब एकदर्जन ठाउँका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको वन कार्यालयले जनाएको छ ।

फागुनदेखि चैतको पहिलो हप्तासम्ममा करिब आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जङ्गलमा डढेलो लागेको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिए  ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : ०७ बजे

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म