पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन | Khabarhub Khabarhub

पर्यटनमन्त्रीद्धारा कोषका पदाधिकारी र बोर्डसँग छलफल, गुरुयोजना पूरा गर्न निर्देशन


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भैरहवा– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गैरआवासिय र वाणिज्य दूतहरूको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका हुन् ।

उक्त अवसरमा मन्त्री तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको बताउँदै यसलाई कार्यान्वयन गर्न निर्देशन दिए । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने बताए ।

मन्त्री तामाङले गुरुयोजना विपरीत संरचना बनेको, यूनेस्कोको असहमति रहेका जस्ता विषयहरू आइरहेकाले यस बारेमा आफ्नो ध्यानाकर्षण भएको बताए । लुम्बिनी विकास क्षेत्रको विकासका लागि उपाध्यक्ष सहितको टिमसँग मिलेर काम गर्न तयार रहेको उनले बताए । उनले टिमवर्कले मात्रै नतिजा निकाल्न सकिने भन्दै यसतर्फ ध्यान दिन समेत आग्रह गरे । उनले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागि पर्ने बताए ।

बिफ्रिङमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले लुम्बिनीमा आफू आएपछि केही सुधारका कामहरू भइरहेको बताउँदै गुरुयोजनाका बाँकी काम पूरा गर्नका लागि पर्याप्त बजेटका लागि पहल गर्नुपर्ने बताए ।

मन्त्रीसँगको छलफलमा सदस्य सचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि र यसको कार्यक्षेत्र लगायतका विषयमा जानकारी दिएका थिए । छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, योजना प्रमुख स्मिता भट्ट, परिषद् सदस्य गोपीकृष्ण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ४ : १२ बजे

मटिहानी आगलागीः प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

महोत्तरी – महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

प्रदेशको विकासका लागि सबै दलबीच सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण सम्पन्न

काठमाडौं – हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स

अछामको बलखेतमा मलामी विश्राम घर

अछाम – अछामको कमलबजार नगरपालिका–४ मा पर्ने बेलखेतमा मलामीका लागि

संविधानमा रहेका कमजोरीको समीक्षा हुनुपर्छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको