टिकट पाएपछि सुहाङले भने : ‘जित सुनिश्चित छ ’  « Khabarhub

टिकट पाएपछि सुहाङले भने : ‘जित सुनिश्चित छ ’ 


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

आइतबार एमाले सचिवालयको बैठक बसेर उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सो निर्णयपछि उनले खबरहबवसँग कुरा गर्दै भने, ‘इलामका अग्रज नेता र मेरा पार्टीका सबै नेताहरूप्रति यो जिम्मेवारीको लागि आभारी छु । मलाई दिएको जिम्मेवारी पुरा गर्छु । मेरो जित सुनिश्चित छ ।’

उनले इलाम  २ का जनताको सपना र माग पूरा गर्ने भन्दै आफ्ना क्षेत्रका जनताले आफूप्रति ठुलो भरोसा राखेको बताए ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा यो स्थानमा  एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए ।

त्यस बेला एमालेका उम्मेदवार स्व सुवास नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरु विजयी बनेका थिए ।

गत निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।

याे पनि …

एमालेले इलाममा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ०० बजे

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा