राजनीति

रूसमा भएको आतंकवादी हमलाको एमालेले गर्‍यो निन्दा

By खबरहब

March 24, 2024

काठमाडौं– नेकपा एमालेले मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले रूसको राजधानी मस्कोमा भएको आतंकवादी हमलाको निन्दा गरेको हो ।

शुक्रबार साँझ भएको आतंकवादी हमलामा १३३ जना रूसी नागरिकको ज्यान गएको थियो, जसको जिम्मा आतंकवादी समूह आईएसईसले लिएको छ।

सो हमलाका आक्रमणकारीमध्ये ४ जना पक्राउ परेका छन् ।