गाजा युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार | Khabarhub Khabarhub

गाजा युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

दोहा– अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजरायली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति कतार छाडेको वार्ताबारे जानकारी दिने एक स्रोतले बताएको छ ।

‘सिआइए र मोसाद प्रमुखहरू आफ्ना सम्बन्धित टोलीलाई पछिल्लो चरणको वार्ताका बारेमा जानकारी गराउन दोहाबाट प्रस्थान गर्नुभएको छ’, वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भनेको छ, ‘वार्ता बन्धक र कैदीहरूको आदान प्रदानको विवरण र अनुपातमा केन्द्रित थियो, प्राविधिक टोलीहरू दोहामै रहने छन् ।’

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरू इजराइल र हमासबीच दोस्रो युद्धविराम सुनिश्चित गर्न र इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले कब्जामा लिएका बन्धकहरूलाई रिहा गर्ने प्रयासमा धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छन् ।

गत साता मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम सुनिश्चित गर्ने प्रयास असफल भएपछि पुनः वार्ता सुरु भएको एक सातापछि इजराइलले आफ्नो जासुसी एजेन्सी प्रमुखको एक सातामा दोस्रो भ्रमणका लागि दोहा फर्किने शुक्रबार बताएको थियो ।

अक्टोबर ७ मा इजराइलमाथि आक्रमणका क्रममा हमासले करिब दुई सय ५० इजरायली र विदेशी बन्धकलाई कब्जामा लिएको थियो तर नोभेम्बरमा एक साताको युद्ध विराममा दर्जनौँलाई रिहा गरिएको थियो । इजरायलका अनुसार गाजामा करिब एक ३० जना बन्धक रहेका छन् । तिनमा आठ सैनिक र २५ सर्वसाधारण गरी कूल ३३ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : १९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले