गाजा युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार « Khabarhub

गाजा युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

दोहा– अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उनका इजरायली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति कतार छाडेको वार्ताबारे जानकारी दिने एक स्रोतले बताएको छ ।

‘सिआइए र मोसाद प्रमुखहरू आफ्ना सम्बन्धित टोलीलाई पछिल्लो चरणको वार्ताका बारेमा जानकारी गराउन दोहाबाट प्रस्थान गर्नुभएको छ’, वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भनेको छ, ‘वार्ता बन्धक र कैदीहरूको आदान प्रदानको विवरण र अनुपातमा केन्द्रित थियो, प्राविधिक टोलीहरू दोहामै रहने छन् ।’

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरू इजराइल र हमासबीच दोस्रो युद्धविराम सुनिश्चित गर्न र इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले कब्जामा लिएका बन्धकहरूलाई रिहा गर्ने प्रयासमा धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छन् ।

गत साता मुस्लिमहरूको पवित्र महिना रमजान सुरु हुनुअघि युद्धविराम सुनिश्चित गर्ने प्रयास असफल भएपछि पुनः वार्ता सुरु भएको एक सातापछि इजराइलले आफ्नो जासुसी एजेन्सी प्रमुखको एक सातामा दोस्रो भ्रमणका लागि दोहा फर्किने शुक्रबार बताएको थियो ।

अक्टोबर ७ मा इजराइलमाथि आक्रमणका क्रममा हमासले करिब दुई सय ५० इजरायली र विदेशी बन्धकलाई कब्जामा लिएको थियो तर नोभेम्बरमा एक साताको युद्ध विराममा दर्जनौँलाई रिहा गरिएको थियो । इजरायलका अनुसार गाजामा करिब एक ३० जना बन्धक रहेका छन् । तिनमा आठ सैनिक र २५ सर्वसाधारण गरी कूल ३३ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : १९ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन