एक्कासी सांगितिक मञ्चमा प्रकट भएका बालेन्द्रले भने– रातभर होली खेल्नू « Khabarhub

एक्कासी सांगितिक मञ्चमा प्रकट भएका बालेन्द्रले भने– रातभर होली खेल्नू


११ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापर बालेन कलाकारका रुपमा स्टेजमा नदेखिएको २ वर्ष बितिस्कयो । सम्भवतः उनी २०७८ को होलीमा उनले भृकुटी मण्डपका आयोजिक कार्यक्रममा सांगितिक प्रस्तुत दिएका थिए । उनी त्यसबेला काठमाडौं महानगरपालिकाको मेयर उम्मेद्वारी घोषणा गरेर घरदैलोमा व्यस्त थिए ।

अहिले बालेनको परिचय विस्तार भएको छ । उनी मेयर बालेन्द्र शाह बनेका छन् । मेयरमा निर्वाचित भएपछि उनले गीत सार्वजनिक गरे पनि सांगितक प्रस्तुती दिन मञ्चमा उक्लिएका छैनन् । बालेन्द्रको सचिवालयकाअनुसार उनी कार्यव्यस्तता कारण ‘कन्सर्ट’मा सहभागी नभएका हुन् ।

दरबारमार्गमा आइतबार होलीको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । जसमा स्थापित कलाकारले प्रस्तुति दिइरहेका थिए । एक्कासी मेयर बालेन्द्र मञ्चमा प्रकट भए ।

र्‍यापर हुँदै मेयर बनेका बालेन्द्र युवा पुस्तामाझ लोकप्रिय छन् । झन्, मेयर भएपछि कलाकारका रुपमा मञ्चमा नदेखिएका बालेन्द्रलाई भीडबाट र्‍याप गाउन आग्रह गरियो । उनले ‘बिट’ बिनै केही लाइन शब्द -यापको शैलीमा गुनगुनाएर भीडलाई उत्सव रोचक बनाउन खुराक दिए ।

उनी र्‍यापरको रुपमा मञ्चमा चढेका हुन् कि मेयरका रुपमा धेरैलाई खुलदुली भयो । कारण– गीत पनि गुनगुनाए, रातिभर होली पाइने व्यवस्था गरेकोसमेत जानकारी दिए । पछि बालेन्द्रले घुम्दै आउने क्रममा दरबारमार्ग आइपुगेको जानकारी दिँदै भने, ‘कति बेलासम्म बस्नु हुन्छ तपाईंहरु यहाँ रु रातभर बस्नू, रातभर काठमडौंमा होली खेल्न पाइन्छ ।’

वास्तवमा दरबारमार्गमा सो कार्यक्रम काठमाडौं महानगरपालिका वडा नम्बर १ र दरबारमार्ग विकास बोर्डले आयोजन गरेको हो । वडा नम्बर १ अध्यक्ष भरतलाल श्रेष्ठका अनुसार होलीलाई विश्वव्यापीकरण गर्न लागि सो कार्यक्रमको आयोजना गरिएको हो ।

बालेन्द्रका स्वकीय सचिव भूदवेद शाहका अनुसार होलीलाई विश्वव्यापीकरण गर्ने उद्देश्यले सुरुवात भएको कार्यक्रममा उनी शुभकामना दिन पुगेका हुन् । उनले खबरहबसँग भने, ‘होली विश्वव्यापी लानुपर्छ, त्यसको सुरुवात दरबारमार्गबाट भएको छ । मेयर शुभकामना दिन जानुभएको हो । कन्सर्टका लागि होइन ।’

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ४८ बजे

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्याइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने