स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित « Khabarhub

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित निकालेको छ।

एमए चिदम्बरम स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २११ रनको लक्ष्य लखनउले ३ बल बाँकी हुँदा चार विकेटको क्षतिमा २१३ रन बनाएर पूरा गरेको हो।

लखनउको जितका लागि मार्कस स्टोनिसले नटआउट शतकीय पारी खेले। उनले ६३ बलको सामना गर्दा १३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक १२४ रन बनाएका हुन्। लखनउका लागि निकोलस पुरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा नटआउट रहे।

शतक प्रहार गरेपछि मार्कस स्टोनिस । तस्बिर : क्रिकइन्फो

चेन्नईका माथिशा पाथिरानाले दुई विकेट हात पार्दा दीपक चाहर र मुस्तिफिजुर रहमानले एकएक विकेट मात्र लिए।

पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ‌ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। लाखनउविरुद्ध चेन्नईका कप्तान ऋतुराज गायकवाडले बनाएको शतक खेर गयो। उनले नटआउट सर्वाधिक १०८ रन बनाएका थिए। ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गर्दै यो सिजनकै शानदार प्रदर्शन गरेका थिए।

चेन्नईका लागि शिवम दुबे ६६, रविन्द्र जडेजा १७ र डेरिल मिचेल ११ रनमा आउट हुँदा एक बल खेलेका महेन्द्रसिंह धोनी ४ रनमा नटआउट रहे।


शतक प्रहार गरेपछि चेन्नईका कप्तान ऋतुराज गायकवाड ।तस्बिर : क्रिकइन्फो

चेन्नईलाई सस्तैमा समेट्न लखनउका लागि म्याट हेनरी, मोहसिन खान र यस ठाकुरले एकएक विकेट हात पारे।

मंगलबारको खेलमा विजयी भएसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। आठ खेल खेल्दा उसले १० अंक जोडेको छ। साविक विजेता चेन्नाई भने समान खेलमा ८ अंक जोड्दै पाँचौं स्थानमा झरेको छ।

आईपिएल अन्तर्गत बुधबार दिल्ली क्यापिटल्स र गुजरात टाइटनको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ५३ बजे

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले