अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ « Khabarhub

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

मिथिला नगरपालिका– ६ ढल्केवरबाट अपहरणमा परेका उदयपुरको  कटारी नगरपालिका–१० का लालबहादुर थापा मगरलाई प्रहरीले उद्धार गरेको हो ।

मंगलबार दिउँसो थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोजतलासका क्रममा भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन आवाले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका– १ का जयकुमार तामाङ, सोही ठाउँका मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिरहाको गोरबजार– ६ का शंकर लामा र गोलबजार– २ का अरुण कुमार लामा छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता आवाका अनुसार थापा प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्स कम्पनीमा कार्यरत रहेको र लेनदेनको विवादका कारण उनी अपहरणमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : १४ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)