कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता « Khabarhub

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता भएको छ ।

काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री दाहाल र अमिर अल थानीबीच वान टु वान भेटवार्ता भएको हो ।

उनीहरुबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल र अमिर थानीबीचको वार्तापछि द्विपक्षीय भेटवार्ता सुरु भएको छ । यो भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले अमिर थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । थानीको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ११ : १७ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन