नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर « Khabarhub

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री दाहाल र अमिर अल थानीबीच वान टु वान भेटवार्तापछि दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो ।

दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८ वटा विषयमा सहमति आदानप्रदान गरिएको हो ।

उक्त वार्ताका क्रममा दुई देशका सरकारका मन्त्रालयहरूबीच ६ वटा र निजीक्षेत्रबीच पनि २ वटा विषयमा सम्झौतापछि हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग सरकारीस्तरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मन्त्रालयले नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदानसम्बन्धी हस्ताक्षर भएको जनाएको छ ।

दुई देशबीच शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर भएको छ ।

निजीक्षेत्रतर्फ कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता हस्ताक्षर गरिएको छ ।

भेटका क्रममा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले अमिर थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । थानीको आजै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : ०९ बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर