एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्ने भएका छन्  । 

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो । 

परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए।

उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।

यता नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्री पठाउने बताए। 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : २४ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको