एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल « Khabarhub

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्ने भएका छन्  । 

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो । 

परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए।

उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।

यता नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्री पठाउने बताए। 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : २४ बजे

पोखरामा दैनिक दुई सयभन्दा बढी पर्यटक प्याराग्लाइडिङमा रमाउँदै

गण्डकी– हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल,

शाहरुख–अनन्तको संवादले विवाद, इन्फ्लुएन्सरलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि

कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी

सुर्खेत– कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा र पहुँच

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ बस्ने पर्सा घर

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?

काठमाडौं- उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश