‘डिप फेक’को शिकार बने रणवीर   « Khabarhub

‘डिप फेक’को शिकार बने रणवीर  


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार भइरहेका छन् । पछिल्लो समय नायक रणवीर सिंह पनि यसको शिकार बनेका छन् ।

एआई प्रविधिको सहयोगमा बनाइएको भिडियोमा रणवीरले भारतीय प्रधानमन्त्री र उनको पार्टीको आलोचना र भारतीय कंग्रेसको समर्थनमा बोलेको देख्न सकिन्छ । भारतमा लोक सभा चुनावको मिति नजिकिँदै गर्दा यो भिडियोले स्वाभाविक रूपमा चर्चा पाउँदा उनी हैरान बनेका छन् ।

प्रविधिको दुरुपयोग गरी रणवीरको चरित्रमा असर गर्ने काम काम भएको भन्दै उनका बुबा जुगजित सिंह प्रहरी समक्ष पुगेका छन् । जुगजितले मंलबार महाराष्ट्र साइबर प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

जुगजितले प्रहरीमा दिएको बयान अनुसार रणवीरले १४ अप्रिलमा एक फेसन शोमा दिएको अन्तर्वार्ताको डिप फेकको सहयोगमा दुरुपयोग गरी सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक भएको हो ।

सो भिडियो १७ अप्रिलमा नक्कली एक्स खाताबाट सार्वजनिक भएको थियो । भारतीय मिडियामा अन्तरवार्ता दिँदै महाराष्ट्र साइबर प्रहरीका डिआइजी सञ्जय शिंत्रेले नक्कली खाता प्रयोगकर्ताको पहिचान भइसकेको र तीव्र रूपमा कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

यसअघि रश्मिका मन्दना, आलिया भट्टलगायतका भारतीय कलाकार डिप फेक भिडियोको शिकार भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १ : ४२ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण