यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी | Khabarhub Khabarhub

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ ।

तर यी दुई देशबीच नेपालबाट कतारमा श्रम गरिरहेका नेपालीहरूबारेमा कुनै किसिमको सम्झौता भएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो ।

दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८ वटा विषयमा सहमति आदानप्रदान गरिएको हो ।

उक्त वार्ताका क्रममा दुई देशका सरकारका मन्त्रालयहरूबीच ६ वटा र निजीक्षेत्रबीच पनि २ वटा विषयमा सम्झौतापछि हस्ताक्षर भएको हो ।

कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेशराज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गरेका हुन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

यस्ता छन् समझदारी

१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।

२. राष्ट्रिय समाचार समिति (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता ।

३. नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र ।

४. नेपाल सरकार र कतार सरकारबीच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।

५. महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन कार्यालयबीच सहकार्यका लागि समझदारी पत्र ।

६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान र कतारको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र ।

७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीच संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता ।

८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघबीचको समझदारी नवीकरण ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ०१ बजे

आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेसनलाई किन गाली गर्दैछन् ओली ?

काठमाडौं- नेकपा (एमाले) भित्र अस्तित्वको लडाइँ लड्दाको समयदेखि साथ दिएकी

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका