अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो « Khabarhub

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिसटिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्यांकले जनाएको छ ।

 तथ्यांकमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकांक (सिपिआई) एक प्रतिशतले र मार्चमा समाप्त हुने १२ महिनाको अवधिमा तीन दशमलव छ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । यसले सन् २०२३ को अन्त्यसम्म १२ महिनाको अवधिमा सिपिआईमा चार दशमलव एक प्रतिशतको वृद्धिबाट घटेको संकेत गर्दछ । 

एबिएसले सन् २०२३ को पहिलो त्रैमासिकमा शिक्षा, स्वास्थ्य, आवास, खानालगायतको बढ्दो लागतलाई मुद्रास्फितिको सबैभन्दा महत्त्वपूर्ण चालकका रूपमा पहिचान गरेको छ ।

मार्चको अन्त्यमा आवासको मूल्य २०२४ को प्रारम्भको तुलनामा शून्य दशमलव सात प्रतिशत र १२ महिनाअघिको तुलनामा चार दशमलव नौ प्रतिशतले बढी थियो । 

एबिएसका मूल्य तथ्यांक प्रमुख मिचेल मार्कवार्टले आवासमा त्रैमासिक वृद्धि मुख्यतया भाडाद्वारा सञ्चालित भएको बताए। 

तीन महिनाको अवधिमा शिक्षा खर्च पाँच दशमलव नौ प्रतिशत र स्वास्थ्य खर्च दुई दशमलव आठ प्रतिशतले बढेको छ । यसै अवधिमा मासु र समुद्री खानाको मूल्य शून्य दशमलव सात प्रतिशतले घटेको छ । यद्यपि गैर-मादक  पदार्थ, फलफूल तथा तरकारीको मूल्य भने बढेको छ ।  

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ३१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया