भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी « Khabarhub

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत् फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।

विक्रम संवत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ९ म्याग्निच्युटको विनाशकारी भूकम्प गएको बुधबार नौ वर्ष पूरा भएको छ ।

 सोही भूकम्पको सम्झनामा  भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारहरूको संस्था संवाहिका समाज नेपालको सह-आयोजनामा लैनचौरमा फोटो प्रदर्शनीको आयोजना गरिएको हो । 

फोटो प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । उद्घाटनपछि मन्त्री भण्डारीले २०७२ सालको भुकम्पले मुलुकले ठूलो जनधनको क्षति बेहोरेको स्मरण गरे । उनले अहिले पनि नेपाल भूकम्पीय उच्च जोखिममा रहेको विभिन्न तथ्यांकले देखाएकाले आगामी दिनमा राज्यले संरचनागत र नीतिगत विषयहरूको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने कुरा बोध गराएको भन्दै भुकम्पबाट हुने क्षति अत्यन्त न्यून होस भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताए

प्रदर्शनीमा २०७२ साल र २०७९-८० सालमा जाजरकोट, बझाङ लगायतका स्थानमा गएका भूकम्पहरूबाट भएको क्षति तथा समाज र भूगोलमा आएका परिवर्तनका दृश्यहरू समावेश गरिएको छ । प्रदर्शनीमा ५५ वटा फोटो राखिए छन् ।

 खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भुकम्पविद् डा. लोकविजय अधिकारीले विगतलाई बिर्सन नदिई सम्भावित भूकम्पबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनीकरणका लागि सचेत रहनुपर्छ भन्ने सन्देश दिने प्रयास गरिएको बताए । उनले नेपालका ग्रामीण क्षेत्रमा रहेका मानिसमा अझै पनि भुम्कपप्रतिरोधी सचेतना नभएको पाइएको उल्लेख गरे ।

नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी गोरखा भूकम्प गएको थियो । सो भूकम्पमा परि आठ हजार नौ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठुलो भूकम्प थियो । 

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ३ : ३५ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको