वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा « Khabarhub

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली पुरुषबाटै शोषणमा परेको तथ्यांक सार्वजनिक भएको छ । रोजगारका क्रममा समस्या परेपछि शरण परेका महिलामाथि नेपाली पुरुषहरूले नै शोषण गरेको पाइएको हो ।

बुधबार तरंगिनी फाउण्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय श्रमिकको सम्मानसम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा पीडित महिलाहरूले नेपाली पुरुषहरूले नै शारीरिक शोषण गरेको भन्दै न्यायको लागि पहल गरेको सुनाए । 

महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) तथा तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रका अध्यक्ष डा. रेणु अधिकारीले वैदेशिक रोजगारमा गएका महिला अरबीहरुबाट भन्दा धेरै आफ्नै नेपाली दाजुभाइबाट यौन हिंसामा परेको बताइन् । 

उनी भन्छिन्, ‘महिलाको पाठेघर सृष्टिको मुहान हुनुपर्ने तर पीडाको मुहान बन्न पुगेको छ ।’ 

त्यस्तै उनले गर्भवती भएर फर्किएका महिलाको समाचार लेख्दा सञ्चारमाध्यमले पत्रकारिताको आचारसंहिता पालना नगरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । 

त्यस्तै, उनले वैदेशिक रोजगारमा जाने महिलाको यौनिकतामाथि प्रश्न उठाएर उनीहरूलाई कमजोर नठान्न आग्रह गरिन् । घरेलु कामदारका रुपमा गएका महिला वार्षिक २५ देखि ३० जना गर्भवती भएर नेपाल फर्किन्छन् । नेपाल सरकारले महिलालाई घरेलु कामदारका रुपमा पठाउन स्वीकृति भने दिएको छैन ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : ०० बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ