महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो « Khabarhub

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुको साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन् । 

अहिले पूर्वपश्चिम राजमार्ग पर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ । चैत दोस्रो साता अघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन् । 

बर्दिबास नगरपालिका–१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा बताए। पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जङ्गलमा डढेलो बढेको उनले जानकारी दिए। 

वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेको भनाइ छ ।

गौशाला नगरपालिका–८ बेलगाछीका सामाजिक अभियन्ता मीन रहपालले डढेलोले बर्सेनी बहुमूल्य काठमा नोक्सानी हुनुका साथै बस्तीमा समेत क्षति पुर्‍याउँदै आएकाले डढेलो नियन्त्रणका लागि ठोस् योजना निर्माण र जानीजानी डढेलो लगाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्छन् । 

डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखिम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेका बताए। 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : २३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह