गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा « Khabarhub

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला राख्ने घोषणा गरे । तर उक्त घोषणाले व्यवसायीलाई राहत मिलेपनि महिला श्रमिकहरू शोषणमा परेको गुनासो आएको छ । 

बुधबार तरंगिनी फाउण्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय श्रमिकको सम्मानसम्बन्धी सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा रात्रिकालीन यौनश्रमका महिलाहरु शोषणमा परेको बताइएको छ । 

तरंगिनी फाउण्डेसनलकी बबिता बरालले राती ११ बजेसम्म गर्नुपर्ने काम लम्बिएर बिहानको एक दुई बजेसम्म गर्नुपरेको तर तलब त्यति नै भएको उनीहरूको गुनासो आएको बताइन् । 

‘लामो समय काममा लगाएर साहुले उति नै पारिश्रमिकमा काम लगाएको पीडितहरूले गुनासो गरेको छन्, बरालले भनिन् । 

महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) तथा तरंगिनी महिला अधिकार प्रशिक्षण केन्द्रका अध्यक्ष डा. रेणु अधिकारीले ले यौनश्रमलाई समाजले पचाँउन नसकेको हुँदा उक्त क्षेत्रका श्रमिकहरुले हिंसा खेप्दा बोल्न नसकेको बताउँछिन् । 

उनी भन्छिन्, ‘सामाजिक रुपान्तरणको लागि पहिलो सर्त हो महिलाको काम को सम्मान गर्नु ।’ 

राजनीतिक रूपान्तरण भएपनि सोचगत रूपान्तरण नहुँदा समस्या सिर्जना भएको उनको भनाई छ । मनोरञ्जन क्षेत्रका महिलाको हक र अधिकारका लागि काम गर्ने ‘महिलाका निम्ति महिला मञ्च नेपाल’ का कार्यकारी निर्देशक गोमावती पुन (सिर्जना) ले पुरुषलाई पहिलो दर्जामा राख्नको लागि पृत्रिसत्ताले महिलाको कामको अवमूल्यन गर्दै आइरहेको बताइन् । 

अर्थ राजनीतिले सस्तो स्रोत, श्रमिक र बजार खोज्दाको परिणामको मारमा महिला परेको सुनाइन् । विभिन्न संघसस्थाले उल्लेख गरेअनुसार नेपालमा करिब दुई लाख यौनकर्मी रहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : ५४ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर