सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन « Khabarhub

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

 

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दिवंगत पितासमेत रहेका नेता सुवास नेम्वाङले देखाएको बाटोमा अघि बढ्नु पर्ने बताएका छन् ।

बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाएको बाटोबाट विचलित नहुने बताए ।

‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, सुहाङले भने ।

इलाममा आफू माओवादी केन्द्र, नेकपा र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी गठबन्धन मात्रै नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताए ।

युवा र अनुभवी नेताको योगबाट मात्रै समृद्ध नेपाल बनाउन सकिनेमा उनले जोड दिएका छन् ।

नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उच्छृङ्खल भएर प्रस्तुत नहुन आग्रह गरे ।

सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन आग्रह गरे ।

उनले त्यस्ता भ्रममा नपर्न अनुरोध गरे । अब एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनतामाझ जानु पर्ने उनको भनाइ थियो ।

इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । ती बाँकी काम पुरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ४ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया