पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे « Khabarhub

पानी नपरेपछि वडाअध्यक्षसहितले गरिदिए हेटौंडामा भ्यागुताको बिहे


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे गरिदिएका छन् ।

हेटौंडा उपमहानगरपालिका-१६ का स्थानीयबासीले बुधबार बाजागाजासहित धुमधामसँग भ्यागुताको बिहे गरिदिएका हुन् ।

बुधबार बिहान पण्डितलाई नै बोलाएर बाजागाजासहित जोडी भ्यागुताको वैदिक परम्पराअनुसार बिहे गराइएको हो ।

स्थानीयले सहकाल र वर्षाका देवता मानिने इन्द्र भगवाकाे पूजा गरिसकेपछि भ्यागुता सजाएर बेहुला–बेहुली बनाउँदै बिहे गरिदिएका हुन् ।

भ्यागुताको उक्त बिहेमा १६ नम्बर वडाका रामकृष्ण कोइरालासहित करिब ३ सय मानिस सहभागी भए ।

बिहेका लागि हेटौँडा-१६ स्थित राम मन्दिरबाट जन्ती निस्केको थियो । त्यसपछि उनीहरू खमारेस्थित कुवामा पुगेर पञ्चे बाजा बजाउँदै भ्यागुताको बिहे गरिदिएका हुन् ।

पानी नपरेपछि अहिले देशभर डढेलोको प्रकोप छ । हजारौँ हेक्टर जंगल सखाप भइसकेको छ भने तराई मधेसमा खप्नै नसक्ने गर्मी बढेको छ ।

पानी नपरेर अन्नबाली लगाउन र जोगाउन पनि कठिन भएपछि स्थानीयले परम्परागत विश्वासमा परेर भ्यागुताको बिहे गरिदिएको वडाअध्यक्ष कोइरालाले बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया