उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह | Khabarhub Khabarhub

उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली गएका छन्।

सहयोगी युपी लामिछानेका अनुसार सिंहलाई वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि दिल्ली जान सुझाएका थिए ।

सिंहलाई चिकित्कहरूले प्रोस्टेटको आशंका गरेका छन् । तर इन्फेक्सन या प्रोस्टेट भन्ने एकीन नभएपछि थप परीक्षणका लागि उनलाई चिकित्सकहरूले दिल्ली जान भनेका हुन् ।

सिंहसँगै उनकी पत्नी सिर्जना सिंह पनि भारततर्फ लागेकी छन् । यसअघि कांग्रेसकी अर्की नेतृ डा. आरजु देउवाको पनि भारतको नयाँ दिल्लीमै उपचार र शल्यक्रिया गरिएको थियो ।

लामिछानेका अनुसार सिंह करिब ८ महिनादेखि नेपालमै उपचाररत थिए । सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परमार्शम गरेका थिए ।

त्यसपछि उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा पनि चेकजाँच र परीक्षण गराएका थिए । तर यी दुवै अस्पतालमा समस्या पहिचान हुन नसकेपछि सिंह चिकित्सककै सल्लाहमा दिल्ली गएका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र