उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह « Khabarhub

उपचारका लागि नयाँ दिल्ली गए कांग्रेस नेता सिंह


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली गएका छन्।

सहयोगी युपी लामिछानेका अनुसार सिंहलाई वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि दिल्ली जान सुझाएका थिए ।

सिंहलाई चिकित्कहरूले प्रोस्टेटको आशंका गरेका छन् । तर इन्फेक्सन या प्रोस्टेट भन्ने एकीन नभएपछि थप परीक्षणका लागि उनलाई चिकित्सकहरूले दिल्ली जान भनेका हुन् ।

सिंहसँगै उनकी पत्नी सिर्जना सिंह पनि भारततर्फ लागेकी छन् । यसअघि कांग्रेसकी अर्की नेतृ डा. आरजु देउवाको पनि भारतको नयाँ दिल्लीमै उपचार र शल्यक्रिया गरिएको थियो ।

लामिछानेका अनुसार सिंह करिब ८ महिनादेखि नेपालमै उपचाररत थिए । सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परमार्शम गरेका थिए ।

त्यसपछि उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा पनि चेकजाँच र परीक्षण गराएका थिए । तर यी दुवै अस्पतालमा समस्या पहिचान हुन नसकेपछि सिंह चिकित्सककै सल्लाहमा दिल्ली गएका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ०२ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको