संरक्षणको पर्खाइमा शुक्लाफाँटाका ताल | Khabarhub Khabarhub

संरक्षणको पर्खाइमा शुक्लाफाँटाका ताल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी व्यवस्थापन गर्न  थप पोखरी निर्माण गरिने भएको छ ।  

चवालीस  पाटे बाघ, २३  गैँडा, दुई हजार तीन सयभन्दा बढीको बाह्रसिङ्गाको झुण्ड पाइने निकुञ्जभित्र कृत्रिम पोखरी र प्राकृतिक गरी एक सयको हाराहारीमा तालतलैया रहेका छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले शुक्लाफाँटा निकुञ्जको घाँसे मैदान आसपास मात्रै ३५ कृत्रिम तित्र पोखरी रहेको बताए । 

शुक्लाफाँटाभित्र रानी ताल, बाबा ताललगायतका ठूला ताल रहे पनि लामो समय जलकुम्भीलगायतका झारले पुरिँदै गएका छन् । 

सुदूरपश्चिमको महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिने शुक्लाफाँटा मुलुकमा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ आहारा प्रजाति पर्याप्त हुँदा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ०४ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।