चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी « Khabarhub

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री बेहोस भएर ढलेका छन् ।

महाराष्ट्रको यवतमालमा केन्द्रीय मन्त्री नितिन गडकरी चुनावी र्‍यालीका क्रममा बेहोस भएर ढलेका हुन् ।

उनी यहाँ एनडीएबाट शिवसेनाका प्रत्याशी राजश्री पाटिलको समर्थनमा चुनावी र्‍यालीलाई सम्बोधन गर्न आएका थिए ।

गडकरीले र्‍यालीलाई सम्बोधन गरिरहेकै बेला अचानक स्वास्थ्य बिग्रिएर बेहोस हुन पुगेका थिए । मञ्चमै ढलेका उनलाई त्यहाँ रहेका अन्य सहयोगीले अस्पताल लगे ।

घटनाको केही बेरपछि उनले अस्पतालबाट एक पोस्ट सामाजिक सञ्जालमा हाल्दै आफू ठिक रहेको बताएका थिए ।

‘र्‍यालीका क्रममा गर्मीका कारण असहज महसुस गरेँ । तर अब म पूरा स्वस्थ छु । अघिल्लो सभामा भाग लिन वरूडका लागि निस्किसकेँ’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

सन् २०१८ मा पनि नितिन गडकरी महाराष्ट्रको अहमदनगरमा एक कार्यक्रमका क्रममा मञ्चमै बेहोस भएका थिए । त्यसबेला महाराष्ट्रका तत्कालीन राज्यपाल विद्यासागर रावले उनलाई जोगाएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया