वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई चन्द्रागिरि बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ घर भई  वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।

सत्यन्द्रले जानुका निरौलासमेतलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु र क्यानडा पुगेर राम्रो काम लगाइदिन्छु, भन्दै ६८ लाख २० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार अनामनगरबाट पक्राउ गरेको हो ।

त्यस्तै, विवेकले सनिशा चौधरी समेत ३ जनालाई माल्टा पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभन देखाई तीन लाख रुपैयाँ ठगी गरेको आरोपमा मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ४९ बजे

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या