दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन  « Khabarhub

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार बढी महिला तथा पुरुषले आगामी आर्थिक वर्षको लागि आवेदन दिएका छन्।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा आगामी आर्थिक वर्ष २०८१/०८२ को रोजगार कार्यक्रममा सूचीकृत बनेर एक सय दिन बराबरको रोजगार प्राप्त गर्न १५ हजार चार सय ६३ जनाले आवेदन दिएको पाइएको छ ।

न्यूनतम रोजगारको लागि आवेदन फारम भर्ने सबैभन्दा धेरै कालिन्चोक गाउँपालिकामा पाँच हजार ८३ जना रहेका छन् भने, सबैभन्दा कम जिरी नगरपालिका दुई सय ६५ जना रहेका छन् । कालिञ्चाेकमा दुई हजार ७ जना पुरुष र दुई हजार ७६ जना महिलाले आवेदन दिएका हुन् ।

त्यसै गरी भिमेश्वर नगरपालिकामा नौ सय १२ महिला तथा आठ सय ४ पुरुष गरी एक हजार सात सय १६ जनाले न्यूनतम रोजगारको लागि आवेदन दिएका छन्।

त्यस्तै जिल्लाको गौरीशंकर गाउँपालिकामा २६ सय ६४ जनाले आवेदन दिएको गौरीशंकर गाउँपालिका रोजगार सेवा केन्द्र प्रमुख जगदीश खड्काले जानकारी दिए ।

गौरीशंकर गाउँपालिकामा अघिल्लो वर्षको तुलनामा यस वर्ष न्यूनतम सय दिन बराबरको रोजगारीको लागि आवेदन दिनेको संख्यामा वृद्धि आएको उनले बताए ।

गौरीशंकरले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हालसम्म १५ किलोमिटर सडक सोलिङ गरेको उनले बताए।

त्यसै गरी वैतेश्वर गाउँपालिका पनि गत वर्षको तुलनामा यस वर्ष आवेदन दिने महिला पुरुषको संख्या सामान्य वृद्धि भएको पाइएको छ ।

वैतेश्वर गत वर्ष ५६१ जान आवेदन दिएका थिए भने, यस वर्ष सात सय ७९ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आवेदन दिएको वैतेश्वरका रोजगार सेवा केन्द्र प्रमुख वासुदेव दाहालले बताए ।

त्यस्तै जिल्लाको तामाकोशी गाउँपालिकामा एक हजार ५४ जना पुरुष र नौ सय ३८ जना महिलाले रोजगारको लागि आवेदन दिएका छन् ।

विगु गाउँपालिकामा दुई हजार तिन सय एक जना, मेलुङ गाउँपालिकामा छ सय ८७ जना पुरुष,महिला र युवाहरूले आवेदन दिएका हुन् ।

यता शैलुङ गाउँपालिकाले भने हालसम्म आवेदन दिनेको संख्या नछुट्टाएको र जम्मा आवेदन दिनेको यकिन संख्या आउन केही दिन लाग्ने जनाएको छ ।

समग्रमा जिल्लाभर बेरोजगार निवेदन दिने युवा भन्दा ५० वर्ष माथिका महिला पुरुष धेरै रहेको पाइएको छ ।

जिल्लाका स्थानीय तहले न्यूनतम रोजगारको लागि सूचीकृत बनेर आउनेहरूलाई एक सय दिन अर्थात् ३ महिना १० दिन बराबर स्थानीय विकास निर्माणका कार्यमा काम लगाएर रोजगार रकम उपलब्ध गराउँदै आएको छ ।

सुबास बस्नेत

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : १५ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत