ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण  « Khabarhub

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु गर्ने भएको छ ।

गत वर्षदेखि नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि ६० वर्ष उमेर समूहका १३०० महिलाहरूको एचपीभी डिएनए विधिबाट ८ वटा वडाहरूमा प्रारम्भिक परिक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०र२०८१ मा थप २९ वटै वडाहरूमा यो सेवा प्रदान गर्ने भएको हो ।

जनचेतना र स्क्रिनिबका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरूलाई नेपाल क्यान्सर केयर फाउण्डेसनको प्राविधिक सहयोगमा महानगरपालिकाले निस् शुल्क उपचार सेवा समेत प्रदान गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण तथा उपचार सबैको पहुँचमा पुर्‍याई जनचेतना बढाउने उद्देश्यले यो योजनाको सुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

ललितपुर महानगरपालिकामा गरिने पाठेघर मुखको क्यान्सरको प्रारम्भिक परिक्षण एचपीभी डिएनए प्रविधिबाट हुनेछ । 

नेपाल क्यान्सर केयर फाउण्डेसनको आकँडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्ण रुपले बच्न सकिने तथा स्तन क्यान्सरको प्रारम्भिक चरणमै थाहा पाउन सकिने भएको हुनाले यी जाँचहरू नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको डा. घिमिरेले बताइन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : ५५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब