पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा « Khabarhub

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब यो मुद्दाको सुनुवाई आगामी जेठ २३ मा हुने भएको छ ।

यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए ।

त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको छ ।

सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी अनुसार यस मुद्धाको सुनुवाई भइरहेको छ ।

यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : १६ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु