रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति « Khabarhub

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् ।

सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराएका हुन् ।

मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले ती आरोपसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो ।

एलभोभा–बेलोभाले भने, “पहिलो पटक ‘प्रत्यक्ष वार्ता’को ढाँचामा हामीले युक्रेनी पक्षसँग वार्ता ग¥यौँ । वार्ताबाट युद्धका क्रममा विस्थापित बनेका २९ जना बालबालिका युक्रेन र १९ जना रूस जाने छन् ।”

ती बालबालिका किन रूसी वा युक्रेनी नियन्त्रण थिए वा उनीहरू कहाँबाट आएका थिए भन्नेबारे उनले केही बताएनन् । युक्रेनले सन् २०२२ को आक्रमण सुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा बढी बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४०० भन्दा कम लाई फिर्ता गरिएको जनाएको छ ।

मस्कोले उक्त आरोपको खण्डन गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ । युक्रेनमा दुई वर्षअघि युद्ध सुरु भएदेखि नै बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको छ ।

केही केटाकेटीका आमाबाबु मारिएका थिए भने अन्य आक्रमणको सुरुमा अग्रपङ्ती तीव्र गतिमा भएका आक्रमणका कारण परिवार वा उनीहरूका अविभावकहरूसँगबाट अलग भएका थिए ।

विस्थापितमध्ये केही रूसले कब्जा गरेको इलाकामा युक्रेनी अनाथालयमा बसिरहेका बालबालिका पनि रहेका छन् । युक्रेनले मस्कोको सेनाले उनीहरूलाई गैरकानुनी रूपमा रूसमा निर्वासित गरेको र रूसी अधिकारीहरूले उनीहरूको युक्रेनी पहिचान मेटाउने प्रयास गरेको आरोप लगाएको छ ।

युक्रेन फर्केका किशोरकिशोरीहरूले आफूहरूलाई रूसी देशभक्तिपूर्ण शिक्षा दिइएको र रूसी सेनाको प्रशंसा गर्न बाध्य पारिएको बताएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : ५७ बजे

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि