आज २०८१ साल जेठ ११ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ११ गते शुक्रबारको राशिफल


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार सन् २०२४ मे २४ तारिख। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी सामान्य छ। श्रमको उचित लाभ अरुको हातमा पुग्ने जोखिम देखिन्छ। आज ठुला काममा हात नहालेको राम्रो हुन्छ। जटिल परिस्थिति देखिए पनि परिवारको साथ भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय राम्रो छ। गरेको श्रमबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सामान्य लाभ मिल्नेछ। स्वदेशी लगानीबाट फाइदा हुने योग छ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारले रचनात्मक सहयोग गर्नेछन्।

मिथुन : संघर्षपूर्ण दिन छ। कुरा काट्नेहरु बढ्नेछन्। ठूला उद्योगमा हात नलगाउनु राम्रो हुन्छ। नयाँ लुगा पाउने लगाउने अवसर मिल्नेछ। मिठो खान पाउने योग रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : विवाद बढ्नेछ। पढाइमा रुची, स्वास्थ्यमा सुधार, व्यापार व्यवसायमा फाइदा हुने दिन छ। सामाजिक सेवामा मन जानेछ। परिवारको साथ मिल्नेछ।

सिंह : आज व्यवहारिक चुनौती थपिने छन्। कुनै योजना भए गोप्यता कायम गर्नु राम्रो हुनेछ। पारिवारिक खटपट हुने योग रहेकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने देखिन्छ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले दिएको राम्रो सल्लाह अनुसार अगाडि बढ्नु उचित हुन्छ। खर्च बढ्ने योग रहेकाले कारोबारमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

तुला : आफ्नो प्रभाव विस्तार हुनेछ। थोरै लगानीबाट धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुन्छ।

वृश्चिक : शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। पश्चिमको लामो यात्रामा नगर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने हुँदा कम बोल्नु फाइदाजनक हुनेछ।

धनु : आइसकेको अवसर गुम्ने जोखिम छ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अधुरा काम बन्नेछन्। गुम्न लागेको धन फिर्ता हुनेछ। मिष्ठान्न भोजन मिल्नेछ। यात्रा सफल हुनेछ। आज गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

कुम्भ : कम बोल्नु राम्रो हुन्छ। झुठा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विवाद बढ्नेछ। साथीसँगको मनमुटावले दिन खराब बन्नसक्छ। कम बोलेर फाइदा लिन सक्नुहुन्छ।

मीन : काम बन्ने योग छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता प्राप्त होला। आम्दानी बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ५ : ०२ बजे

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका