आईपिएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र हैदरावाद भिड्दै | Khabarhub Khabarhub

आईपिएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र हैदरावाद भिड्दै


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दैछन्। पहिलो क्वालिफायरमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्थानले दोस्रो क्वालिफायरमा भेट पक्का गरेका हुन्। यो खेल नेपाली समय अनुसार शुक्रबार साँझ ७ः४५ बजे चेन्नईमा हुनेछ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको थियो। सुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १६० रनको चुनौती कोलकाताले १३.४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो।

राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। सुरुमा ब्याटिङ गरेको आरसिबीले दिएको १७३ रनको रनको चुनौती ६ बल बाँकी हुँदा राजस्थानले १७४ रन बनाएर पूरा गरेको थियो।

दोस्रो क्वालिफायरमा विजयी टिमले आईपिएलको उपाधिका लागि कोलकातासँग प्रतिस्पर्धा गर्नेछ। आईपिएलको फाइनल आइतबार हुँदैछ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ५ : ५९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून