आईपिएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र हैदरावाद भिड्दै « Khabarhub

आईपिएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र हैदरावाद भिड्दै


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दैछन्। पहिलो क्वालिफायरमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्थानले दोस्रो क्वालिफायरमा भेट पक्का गरेका हुन्। यो खेल नेपाली समय अनुसार शुक्रबार साँझ ७ः४५ बजे चेन्नईमा हुनेछ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको थियो। सुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १६० रनको चुनौती कोलकाताले १३.४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो।

राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। सुरुमा ब्याटिङ गरेको आरसिबीले दिएको १७३ रनको रनको चुनौती ६ बल बाँकी हुँदा राजस्थानले १७४ रन बनाएर पूरा गरेको थियो।

दोस्रो क्वालिफायरमा विजयी टिमले आईपिएलको उपाधिका लागि कोलकातासँग प्रतिस्पर्धा गर्नेछ। आईपिएलको फाइनल आइतबार हुँदैछ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ५ : ५९ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा