मोबाइलमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुभएको छ ? यसो गर्नुहोस् | Khabarhub Khabarhub

मोबाइलमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुभएको छ ? यसो गर्नुहोस्


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

अहिले इन्टरनेट बिना मानिसहरू पानी बिनाको माछा जस्तै हुन्छन् भन्दा पनि फरक नपर्ला हरेक मानिस इन्टरनेटमा नै व्यस्त हुने गर्छन् । पछिल्लो समय धेरै कामहरू पनि इन्टरनेटको माध्यमबाट नै हुने गरेका छन् ।

 यस्तो अवस्थामा इन्टरनेटमा केही समस्या आयो भने मानिसको टाउको दुख्न थालिहाल्छ । र रिस गर्दै इन्टरनेट सेवा प्रदायक संस्थामा पनि फोन गरेर गुनासो पोख्ने गर्छन् । पैसा तिरेको छ समय सकिएको छैन र मोबाइलमा इन्टरनेट चलेन भने स्वाभाविक रूपमा सबैलाई रिस उठ्न सक्छ ।  

तर, कहिलेकाहीँ इन्टरनेट सेवा प्रदायकबाट नभई प्रयोगकर्ताको तर्फबाट हुने गल्तीका कारण पनि मोबाइलमा इन्टरनेटको समस्या देखिन सक्छ ।  

मोबाइलमा सही रूपमा इन्टरनेट चलेको छैन भने यस्ता उपायहरू अपनाउन सकिन्छ । 

-यदि आफ्नो मोबाइल फोनमा इन्टरनेट चलिरहेको छैन भने पहिला मोबाइललाई रिस्टार्ट गर्न सकिन्छ । रिसेट गर्दा नेटवर्क कनेक्सनमा भएका अस्थायी समस्या समाधान हुन्छन् र इन्टरनेट चल्न थाल्छ । 

-त्यस्तै एरोप्लेन मोडमा राखेर अन/अफ समेत गर्न सकिन्छ ।

– आफ्नो नेटवर्क सेटिङ रिसेट गर्न सकिन्छ । यसो गर्दा फोनमा भएका सबै नेटवर्क सेटिङ पूर्ववत् अवस्थामा जान्छन् । फोनमा सेटिङ, सिस्टम, नेटवर्क हुँदै रिसेट नेटवर्क सेटिङमा जाने र सेभ गरेका वाई-फाई र ब्लुटुथ कनेक्सन पनि सबै डिलिट हुन्छन् ।

-कम्प्युटरमा भाइरस भएमा पनि इन्टरनेट नेटवर्क कनेक्सनलाई स्लो बनाइदिन सक्छ । र ल्यापटप पनि घरिघरि नेटवर्क चेन्ज गर्दै एक ठाउँबाट अर्को ठाउँमा जाँदा नेटवर्क नै करप्ड हुन सक्छ। भाइरसहरू क्लिन गर्ने र नेटवर्क कनेक्सन रिसेट गर्ने र कम्प्युटरलाई रिबुट गर्ने गरे नचलेको इन्टरनेट फेरि चल्न थाल्छ ।

– यदि तपाईँको फोनमा नयाँ सफ्टवेयर अपडेट आएको छ भने इन्स्टल गर्नु राम्रो हुन्छ । किनकि नयाँ सफ्टवेयरमा विभिन्न समस्या समाधान भएर आएका हुन्छन् ।

-आफ्नो फोनको क्याश डेटा नियमित रूपमा डिलिट गर्ने गर्दा पनि इन्टरनेट राम्रोसँग चल्न थाल्छ  ।

-एकै पटक धेरै डेटा प्रयोग गर्दा अथवा धेरै एप खोल्दा इन्टरनेटको गति कम हुन सक्छ । आफ्नो सेटिङबाट कुन एपले कति डेटा लिइरहेको छ भनेर जाँच गर्न सकिन्छ । त्यसैका आधारमा पनि इन्टरनेट चलाउन सकिन्छ । 

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ७ : १६ बजे

तीन सरकारी कम्पनीको मूल्यांकनका लागि अर्थ मन्त्रालयले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले लामो समयदेखि सञ्चालन हुन नसकेका सरकारी स्वामित्व

विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न

काठमाडौं– तपाईँ विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदि तपाईँले तत्काल

एसवाई प्यानल नेपालले आईपीओ ल्याउने

काठमाडौं– दक्षिण कोरियामा आधारित मल्टिनेसनल कम्पनी एसवाई ग्रुप अफ कम्पनी

स्थानीय जातका गाई र हालगोरू पाल्ने कृषकलाई अनुदान

पर्वत– पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने

३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी – एक स्थानीय अधिकारीका अनुसार बुधबार पश्चिमी हेरातको इस्लाम