मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द « Khabarhub

मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

बागमती– आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा तीन सय ७४ वटा साना बन्द भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ एक सय ६७ र वाणिज्यतर्फका दुई सय सात उद्योगको लगत कट्टा भएको छ । अघिल्लो आव २०७९-८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए । 

घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा उद्योगतर्फ तीन सय २३ र वाणिज्यतर्फ दुई ९१ गरी छ सय १४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९-८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए ।

चालु आवमा उद्योगतर्फ ३३ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, नौ सय ३४ वटा नवीकरण, चार सय ५१ वटाको पुँजी वृद्धि, ६७ वटाको प्रतिलिपि, एक सय ६७ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

उक्त अवधिमा वाणिज्यतर्फ १६ वटाको नामसारी, २५ वटाको ठाउँसारी, सात सय ७७ वटाको पूँजी वृद्धि, एक हजार दुई सय १४ उद्योगको नवीकरण, दुई सय सातवटाको लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले भने। 

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा दुई करोड ६३ लाख २२ हजार तीन सय ५२ राजस्व संकलन भएको प्रमुख भुसालले बताए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ११ : १२ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका