कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि « Khabarhub

कञ्चनपुरमा तीन प्रतिशत गहुँ उत्पादनमा वृद्धि


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नौ पालिका रहेको कञ्चनपुरमा यो वर्ष गहुँ उत्पादन तीन प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८०र८१ मा एक लाख एक सय ८४ मेट्रिकटन गहुँ उत्पादन भएको जनाएको छ । 

केन्द्रका सूचना अधिकृत हरिदत्त जोशीले यहाँ ३१ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा गहुँखेती हँदै आएको बताए । ‘यहाँ दुई दशमलव २१ प्रतिहेक्टर गहुँ उत्पादकत्व रहेको छ’, उनले भने, ‘गत वर्षभन्दा तीन प्रतिशतले उत्पादन बढेको छ ।’

जोशीका अनुसार गत वर्ष कञ्चनपुरमा ९७ हजार तीन सय ७५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यहाँ ५९ हजार छ सय दुई हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको बताउँदै उनले यहाँ ५६ हजार ६०२ हेक्टरमा मात्रै खेती गरिँदै आएको जानकारी दिए । 

‘कञ्चनपुरमा अझै कुल जनसङ्ख्याको ७२.६३ प्रतिशत नागरिक कृषिमा निर्भर छन्’, सूचना अधिकृत जोशीले भने, ‘अझै सबैतिर सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधाको पहुँच विस्तार गर्न सके उत्पादनमा पनि वृद्धि हुने थियो ।’ उनले हालसम्म ४० हजार ७२५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको जानकारी दिए।

यहाँ निर्माणाधीन महाकाली सिँचाइ तेस्रो चरण आयोजना सम्पन्न भए कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी ३३ हजार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुग्ने छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि कञ्चनपुर र कैलाली अन्न भण्डार मान्छिन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १ : ०१ बजे

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी