नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई | Khabarhub Khabarhub

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बलेवा– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । 

नेपाल समाजवादी पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राजनीतिमा सरसफाइ आवश्यक रहेको बताए। पार्टीहरू सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिँदा मुलुकले निकास पाउन नसकेको उनको धारणा थियो । 

आफूले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा पछि नपरी यसलाई थप सशक्त बनाउने अभियानमा नयाँ शक्ति लाग्ने बताए । 

पछिल्लो समय नयाँ पार्टीहरूले आफ्ना एजेण्डा समातेका भए पनि उनीहरूसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्नेमा उनले जोड दिए ।

जिल्ला अधिवेशनले कृष्ण शर्मा संयोजक रहेको ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । पार्टीको विद्यान महाधिवेशनपश्चात् बाँकी पदाधिकारीको टुङ्गो लगाउने अध्यक्ष शर्माले बताए । 

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’