‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्ने « Khabarhub

‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्ने


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा भेटिएको ‘केपी १’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट रहेको पुष्टि भएको छ । यहाँ पुनः कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोम सिक्वेन्सिङ  गरिएको थियो । सो क्रममा कोभिड-१९ को नयाँ भेरिएन्ट नेपालमा भित्रिएको पुष्टि भएको हो । ‘केपी१’ र ‘केपी२’ भेरियन्ट पछिल्लो समय सिंगापुर, अमेरिका र अफ्रिकी मुलुकमा भेटिएको थियो ।

राष्ट्रिय प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी१’ र ‘केपी२’ नेपालमा भित्रिएको पुष्टि भएको जानकारी दिए ।

देश भरका १५ वटा प्रयोगशालाहरूमा हालै आएका ४२ वटा संक्रमण केसको जिनोम सिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा ‘केपी१’ र ‘केपी२’ पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले दुईवटा नमूनामा ओमिक्रोन (जेएन.१), १२ नमूनामा ओमिक्रोन (बीए.२०), १७ नमूनामा ओमिक्रोन (केपी१), एक नमूनामा ओमिक्रोन (केपी.२) र १ नमूनामा ओमिक्रोन (केपी.३) भेटिएको जानकारी दिएको हो ।

यसअघि छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियो ।

हाल विश्वमा महामारीकै रूपमा देखिन थालेको नयाँ भेरिएन्ट ‘केपी.१’ र केपी.२ नेपालमा पनि पुष्टि भएको हो । नेपालमा भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको, तर कोभिडको बेलामा झैं सावधानी अपनाउन प्रयोगशालाका सूचना अधिकारी जैसीले आग्रह गरेका छन्‌ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ५२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने