सिंहदरबार अगाडि सहकारी पीडितको आँशु (तस्बिरहरू) | Khabarhub Khabarhub

सिंहदरबार अगाडि सहकारी पीडितको आँशु (तस्बिरहरू)



काठमाडौं – देशभरका सहकारी पीडितले आज (शुक्रबार) देखि तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन्‌ ।

सहकारी ठगीमै मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी कार्यालय सिंहदरबारमा कार्यसम्पादन गरिरहँदा त्यसैको दक्षिण-पश्चिमी छेउ माइतीघर मण्डलामा सहकारी पीडितहरू आक्रोश र आँशुसहित विरोध प्रदर्शनरत छन्‌ ।

यसअघि पनि दुई पटकसम्म सहकारी पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । प्रदर्शन गर्दा दमन र अनसन थाल्दा फक्याइफुल्याई कागजी सम्झौता गराएको सरकारले कार्यान्वयन नगर्दा आफूहरू पुनः आन्दोलनमा उत्रनुपरेको सहकारी पीडितहरूले बताइरहेका छन्‌ ।

अन्य दिनको तुलनामा निकै गर्मी महसुस भएको शुक्रबार मध्याह्न सहकारी पीडितहरू भने काठमाडौंमा थप तातेको कालोपत्रे सडकमा प्रदर्शन र धर्ना दिँदैछन्‌ ।

यसपटक काठमाडौंसहित देशव्यापी आन्दोलन घोषणा गरेका सहकारी पीडितहरूको हुलिया र मुखाकृति नियाल्दा तिनको अनुहारमा थप छट्पटी देखिएको छ । दूरदराजबाट आएका महिला रुँदै र असिनपसिन हुँदै विरोध प्रदर्शनमा सहभागी भइरहेका छन्‌ ।

यो पनि-

सहकारी पीडितको चेतावनी- न्याय नपाए आगामी चुनाव हुँदैन !

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ५४ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका