सिंहदरबार अगाडि सहकारी पीडितको आँशु (तस्बिरहरू) « Khabarhub

सिंहदरबार अगाडि सहकारी पीडितको आँशु (तस्बिरहरू)



काठमाडौं – देशभरका सहकारी पीडितले आज (शुक्रबार) देखि तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन्‌ ।

सहकारी ठगीमै मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी कार्यालय सिंहदरबारमा कार्यसम्पादन गरिरहँदा त्यसैको दक्षिण-पश्चिमी छेउ माइतीघर मण्डलामा सहकारी पीडितहरू आक्रोश र आँशुसहित विरोध प्रदर्शनरत छन्‌ ।

यसअघि पनि दुई पटकसम्म सहकारी पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । प्रदर्शन गर्दा दमन र अनसन थाल्दा फक्याइफुल्याई कागजी सम्झौता गराएको सरकारले कार्यान्वयन नगर्दा आफूहरू पुनः आन्दोलनमा उत्रनुपरेको सहकारी पीडितहरूले बताइरहेका छन्‌ ।

अन्य दिनको तुलनामा निकै गर्मी महसुस भएको शुक्रबार मध्याह्न सहकारी पीडितहरू भने काठमाडौंमा थप तातेको कालोपत्रे सडकमा प्रदर्शन र धर्ना दिँदैछन्‌ ।

यसपटक काठमाडौंसहित देशव्यापी आन्दोलन घोषणा गरेका सहकारी पीडितहरूको हुलिया र मुखाकृति नियाल्दा तिनको अनुहारमा थप छट्पटी देखिएको छ । दूरदराजबाट आएका महिला रुँदै र असिनपसिन हुँदै विरोध प्रदर्शनमा सहभागी भइरहेका छन्‌ ।

यो पनि-

सहकारी पीडितको चेतावनी- न्याय नपाए आगामी चुनाव हुँदैन !

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ५४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल