अध्यादेशबाट बजेट ल्याउने तयारी छैन : सचेतक पाण्डे « Khabarhub

अध्यादेशबाट बजेट ल्याउने तयारी छैन : सचेतक पाण्डे


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका छन् ।

शुक्रबार संसद् भवनमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका हुन् ।

सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको र सहमति जुट्ने उनको भनाइ छ ।

उनले संसद् चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने बताए ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसलाई संसदमा बोल्न नदिएको कुरा सही नभएको बताए । उनले प्रतिपक्षीले उठाएका मागलाई सम्बोधन गर्नेक्रममा कार्यदलमा छलफल हुँदा सदनको अवरोध हटाउन कांग्रेस तयार नभएको धारणा राखे ।

कांग्रेस निकासका लागि गम्भीर नभएको हो की भन्ने आभास भएको उनको भनाइ छ ।

उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै सदनबाट बजेट ल्याउन नसक्ने अवस्था आए त्यसको सम्पूर्ण जबाफदेहिता र जिम्मेवारी कांग्रेसकै हुने बताए ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  २ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले