छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध ८ माओवादीको मृत्यु « Khabarhub

छत्तिसगढ : सुरक्षा बलसँगको भिडन्तमा सन्दिग्ध ८ माओवादीको मृत्यु


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

भारतीय मिडियाका अनुसार बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेसन सुरु गरेका थिए ।

बिहीबार दिनभर भिडन्त जारी रहेको र दुवै पक्षबाट बेलाबेलामा गोली हानाहान भएको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले घटनास्थलबाट शंकास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो । यस अपरेसनमा संलग्न करिब एक हजार सैनिकले क्षेत्रलाई चारैतिरबाट घेरेका थिए ।

शुक्रबार बिहान सुरक्षाकर्मीले अर्का एक संदिग्ध माओवादीको शव फेला पारेको बताए । यसरी मारिनेको संख्या आठ पुगेको छ । प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन् ।

विगत केही महिनादेखि छत्तीसगढमा संदिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारबाही भइरहेको छ । गत महिना अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो ।

त्यस्तै, वैशाख १६ गते काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ । नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठूलो संख्यामा माओवादी मारिएको थिएन । प्रहरीले यसअघि ३० अप्रिलमा ताकामेटामा १० माओवादी र यही मे १० मा पेडियामा १२ माओवादी मारेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ३ : ४४ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा