संसद्‍को गाँठो फुकाउने कोसिस, बालुवाटारमा जुटे शीर्ष नेता | Khabarhub Khabarhub

संसद्‍को गाँठो फुकाउने कोसिस, बालुवाटारमा जुटे शीर्ष नेता


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।

संसद्‍मा अड्किएको गाँठो फुकाउने कसरतस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍का प्रमुख दलका शीर्ष नेतालाई बालुवाटारमा बोलाएका हुन् ।

शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरेका प्रधानमन्त्रीले शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

बालुवाटारमा भइरहेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। एमालेबाट प्रमुख सचेतक महेश बर्तौला पनि सहभागी छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट नेताहरू कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

उता माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डेसहितका नेताहरू पनि सहभागी छन् ।

शुक्रबार बिहान बसेको कार्यदलको बैठकले पनि सहकारी ठगी प्रकरण छानबिन समितिको कार्यादेश तय गर्न सकेको थिएन ।

त्यसपछि बसेको संसद् बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको थियो। संसद् खुल्न नसकेको अवस्थामा नेताहरू शीर्ष तहमै छलफलका लागि जुटेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  ४ : ४५ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड